छोराछोरीको रंग
उनको चिन्ता र मेरो चिन्ता
1 year ago
उनी छोराले खाना नखाएर चिन्ता लिन्छिन्, म छोराले खाने बेलामा मोबाइल माग्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले होमवर्क नगरेर चिन्ता लिन्छिन्, म छोराले घरको काम नसिक्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले धेरै बकबक गरेकाले चिन्ता लिन्छिन्, म छोराले आफुभन्दा ठूलाले भनेको नसुन्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले जवाफ फर्काएकोले चिन्ता लिन्छिन्, म छोराले आगन्तुकलाई अभिवादन नगर्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले जंकफुड माग्ला कि भनेर चिन्ता लिन्छिन्, म छोरोले चाउचाउको खोल डस्टबिनमा नहाल्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले कोठामा… पुरा पढ्नुहोस्
गम्भीर रंग
बेलुन
2 years ago
केटाकेटीहरू खेल्दै थिए । दुवैजनालाई एउटा एउटा बेलुन किनिदिएकी थिइन् उनीले । खेल्दा खेल्दै बाबुको बेलुन फुट्यो । आफ्नो बेलुन फुटेपछि सानी बहिनीको बेलुनमा उसको आँखा पर्यो । माग्यो । तर बहिनी पनि के कम? दिइनन् । केटो झन् जब्बर । खोस्न थाल्यो । एकैछिनमा त्यो सानो बेलुनकाण्डले महाभारतको रुप लिने सम्भावना देखायो । यसो सोचेँ । जाबो बेलुन नै त हो । केही क्षण खेलेपछि कि त फुट्छ, कि त हावा फुस्किन्छ । यती सानो चिजप्रति यस्तो मोह किन… पुरा पढ्नुहोस्
चिया कफीको रंग
पारपाचुके
1 day ago
एउटा शहरमा एक दम्पती बस्थे । श्रीमान्ले श्रीमतीलाई औधी माया गर्थे । सानातिना मनमुटाव त भइरहन्थे तर त्यसैलाई जीवनको सामान्य उतारचढाव ठान्थे । यसरी नै उनीहरूले १३ वर्ष एउटै छानामुनि बिताए । एक दिन उनीहरूबीच ठूलै झगडा पर्यो । श्रीमतीले ऊसँग डिभोर्स मागिन् । जति झगडा परे पनि श्रीमान उनलाई छोड्ने पक्षमा थिएनन् । तर मामला यति बिग्रिसकेको थियो कि उसको केही सीप लाग्ने अवस्था थिएन । अन्ततः उनले आफ्नो घर पनि श्रीमतीकै नाममा छोडेर पारपाचुके दिए । समय… पुरा पढ्नुहोस्
रमाइलो रंग
गाडी फेरी फेरी चढ्ने उपाय
2 years ago
करिब दुई महिनाको तलब छोराछोरीको नयाँ कक्षा भर्नामा खर्च भएर उत्तानो परिसकेको बेलामा उनले भनिन्, “माया, २ वर्षअघि तिमीले गाडीको लाइसेन्स निकालेको पनि केहि काम लागेन । कहिले किन्ने हो हामीले गाडी?”अनि म भन्छु, “माया, जाबो एउटै गाडी मात्रै के किनिरहनु? हामी त फेरी फेरी गाडी चढ्नुपर्छ ।”त्यति भनेर मोबाइलमा पुरा पढ्नुहोस्
पुरानो रंग
निर्णायक सातौँ सत्रान्त
4 years ago
प्लुस टु सकिएपछि जिन्दगीको नयाँ संक्रमणकाल सुरु भएको थियो । साइन्स फ्याकल्टीका मजस्तालाई उच्च शिक्षा अध्ययनका लागि अनगिन्ती रोजाइहरू हुन्थे, अहिले पनि छन् । धेरैको पहिलो रोजाई MBBS वा Engineering नै हुन्छ । आमाको चाहना पनि छोराले सेतो कोट लगाएर स्थेतेस्कोप भिरेको हेर्ने नै थियो । तर धेरै रोजाइ हुने चिजमा मेरो चैँ खासै मन नजाने । त्यसैले मेरा समकालीन सबै साथीहरू NAME तिर MBBS को तयारी कक्षाहरू लिइरहँदा म चाहिँ घरमै ‘भ्याकेसन’ मनाइरहेको थिएँ । उच्च शिक्षा अध्ययन गर्न… पुरा पढ्नुहोस्
ग्रीक मिथहरू
प्रह्लाद र मन्थराको शिर
2 years ago
मन्थराको शिर लिएर सेरिफस फर्किने क्रममा लिबियामा आइपुग्दा प्रह्लादले बोकेको झोलाबाट मन्थराको रगत तप्प तप्प भुइँमा चुहियो । रगतको प्रत्येक थोपाबाट सर्पहरू उत्पन्न भई लिबिया र आसपासका क्षेत्रमा फैलिँदा लिबिया र अफ्रिकाभरी आजसम्म पनि सर्पहरू छ्यास्छ्यास्ती भेटिन्छन् । साँझपख प्रह्लाद अफ्रिकाको उत्तरपश्चिमी भागमा आइपुगे जहाँ एकलव्यले सजाय कटाइरहेका थिए । ती एकलव्य तिनै हुन् जसलाई देवेन्द्रले टाइटनहरू बिरूद्धको युद्ध जितेपछि अनन्तकालसम्म ब्रह्माण्ड बोकेर बस्ने सजाय सुनाएका थिए । साँझ परेकाले प्रह्लादले एकलव्यसँग एक रातका लागि बास मागे । तर आफै… पुरा पढ्नुहोस्
