फोटो २०७२ सालको भुँइचालोभन्दा अघिकै हो । पुनर्निर्माण सकेर नयाँ धरहरा ठडिसक्यो तर फोटोको सान्दर्भिकता अझै घटेको छैन ।
विहान काममा र मर्निङवाक हिँडेकाहरूका लागि निकै किफायति दाममा चिया खुवाउने धरहरा वरपर यस्तै खुल्ला चिया पसलहरू छन् । धरहराले नयाँ स्वरूप पाइसक्यो । तर खुल्ला चिया पसल र पसल चलाउनेहरूको जीवन खासै फेरिएको छैन ।
