सुरुवाल भिजाउने तीन किस्सा

3 years ago
गफाडी गाइड

मेरो बाबु ४ वर्ष लागिसक्यो । उसको २ वर्षकी बहिनीले पिसाब लाग्यो भने संकेत दिन थालिसकिन्  तर ऊ भने अझैसम्म पनि सुरुवाल भिजाउन छाडेको छैन । यसै प्रसंगमा केही रमाइला किस्साहरू छन् । ती मध्ये ३ किस्साहरू यहाँ प्रस्तुत गरिएको छ ।

किस्सा नं. १

ममी – बाबु! आज नि ओछ्यानमा मुतिस् ?

बाबु – हैन के हैन ।

ममी – अनि के त? सुरुवाल पुरै चिसो छ त।

बाबु – हैन के ।… ममीको ओछ्यानमा सु गरेको हैन । बुबाको ओछ्यानमा मात्रै मुतेको हो ।

(यो बाबुको बाउ ट्वाँ….)

 

किस्सा नं. २

(आधी रातमा उठेर)

बाबु – ममी… ममी…

ममी – के भयो बाबु?

बाबु – (रुन खोज्दै) मैले ममीको ओछ्यानमा सु गरेछु ।… गाली नगर्नुस् न है… प्लिज ।

(यो बाबुको आमा ट्वाँ….)

 

किस्सा नं. ३

ममी – यो बाबुले जहिले पनि राति ओछ्यानमा सु गर्छ । अब राति डाइपर लाएर सुताइदिन्छु ।

बाबु – नाइँ ।

ममी – किन नाइँ नि?

बाबु – म बहिनी ह‍ो र डाइपर लाउनलाई?

(यो बाबुको बहिनी पनि ट्वाँ…)

बालबालिकाको कुरा