हाम्रो बाबु १७ महिना लागिसक्यो । तर “सु आयो आची आयो” भन्न अझै जानेको छैन । जहाँ आयो त्यहीँ दिइहाल्छ । जब घरको भुईँ फोहोर पार्छ, तब कि त यिनको आमाले कि त मैले नै सफा गर्नुपर्छ ।
आज पनि कोठाभित्रै तुर्क्यायो । तर आज अनौठो दृष्य देख्नुपर्यो । सु गरिसकेपछि अघिल्लो पटक तुर्क्याएको आफ्नै कट्टु खोजेर ल्याएर आफै भुईँ पुस्न थाल्यौं । हामीले रोकेनौँ ।
आफुले गरेको गल्तीको करेक्सन आफैले गर्न जान्नु पर्छ भन्ने कुरा बालबालिकाहरुलाई सानै उमेरदेखि सिकाउनुपर्छ ।
