सबै मानव समान हुन्

4 years ago
गफाडी गाइड

बच्चा जन्मिँदा उसलाई उचनीच बारे केही पनि ज्ञान हुँदैन । अभिभावकले उसलाई हुर्काउने क्रममा सानो-ठूलो, धनी-गरिव, महिला-पुरुष, आदीबारे भिन्नता बुझाउने गर्छन् । समाजमा असमानताको बीउ हामीले त्यहिबाट रोप्न सुरु गर्छौँ । यस धर्तीमा सुन्दर समाज निर्माणका लागि सानैदेखि आफ्नो बालबालिकालाई सबै मानव समान हुन् भन्ने व्यवहारिक ज्ञान दिनुपर्दछ ।

संस्कार