मेरो बाबु ४ वर्ष लागिसक्यो । उसको २ वर्षकी बहिनीले पिसाब लाग्यो भने संकेत दिन थालिसकिन् तर ऊ भने अझैसम्म पनि सुरुवाल भिजाउन छाडेको छैन । यसै प्रसंगमा केही रमाइला किस्साहरू छन् । ती मध्ये ३ किस्साहरू यहाँ प्रस्तुत गरिएको छ ।
किस्सा नं. १
ममी – बाबु! आज नि ओछ्यानमा मुतिस् ?
बाबु – हैन के हैन ।
ममी – अनि के त? सुरुवाल पुरै चिसो छ त।
बाबु – हैन के ।… ममीको ओछ्यानमा सु गरेको हैन । बुबाको ओछ्यानमा मात्रै मुतेको हो ।
(यो बाबुको बाउ ट्वाँ….)
किस्सा नं. २
(आधी रातमा उठेर)
बाबु – ममी… ममी…
ममी – के भयो बाबु?
बाबु – (रुन खोज्दै) मैले ममीको ओछ्यानमा सु गरेछु ।… गाली नगर्नुस् न है… प्लिज ।
(यो बाबुको आमा ट्वाँ….)
किस्सा नं. ३
ममी – यो बाबुले जहिले पनि राति ओछ्यानमा सु गर्छ । अब राति डाइपर लाएर सुताइदिन्छु ।
बाबु – नाइँ ।
ममी – किन नाइँ नि?
बाबु – म बहिनी हो र डाइपर लाउनलाई?
(यो बाबुको बहिनी पनि ट्वाँ…)
