भात पाकेपछि बन्द गर्न मलाई अह्राउँदै ग्याँसमा कुकर बसालेर उनी अर्को कामतिर लागिन् । हाम्रो भान्साको कुकरमा सिठी लाग्दैन थियो । दस मिनेट पछि उनले सुन्नेगरी मैले सोधेँ, “पाक्यो?… बन्द गर्दिउँ??… ” उनले नि जवाफ दिइन्, “सुँघेर पत्ता लाउ।”
त्यसको केही दिनपछि कोठामा बाबू र म घर बनाई खेलिरहेका थियौँ । कोठामा एक्कासी “भुरुत्त….” आवाज आयो । एक हातले नाक थुन्दै उनले सोधिन्, “कसको काम हो?… बाउको कि छोराको??…” मैले नि भन्दिएँ, “सुँघेर पत्ता लाउ।”
