दहीको ठेकी

4 years ago
गफाडी गाइड

‘ईङ्गेज्मेन्ट’ शब्द नेपाली संस्कृतीमा भित्रिनु अघि केही सम्प्रदायमा ‘दहीको ठेकी’को रित प्रचलनमा थियो। कति ठाउँमा अझै पनि छ।
छोरी माग्न जाँदा केटा पट्टीकाले दहीको ठेकी पनि साथै लग्छन्। छोरीका आमाबुबालाई प्रस्ताब मन परे कुटुम्बका हातबाट दहीको ठेकी ग्रहण गर्छन् । नपरे, “यो ठेकी परै राख्नुस्” भनेर प्रस्ताव मन नपरेको घुमाउरो जवाफ दिन्छन् । छोरी भगाएर लगेको अवस्थामा पनि आमाबाउको मन फिरे पछि दहीको ठेकी लिएर आउनु भन्ने खबर ज्वाईंको घरमा पठाइन्छ ।

दहीको ठेकी ग्रहण गरे पछि साइत जुराएर मिति तोकिन्छ । यो रित यति कडा छ कि, यदि विहेको दिन छोरीलाई केही तल माथि भए (काल गतिले मरिन् वा अर्कैसँग भागिन् भने पनि) दहीको ठेकी समात्नेले त्यसै दिन विहे गर्न अर्को केटी खडा गरिदिनु पर्छ ।

विवाहा