सासु, बुहारी र सियाे

4 years ago
गफाडी गाइड

अहिले स्थितीमा धेरै सुधार आएकाे भए पनि सासुले बुहारीलाइ कज्याएर हैकम गर्ने प्रवृत्ती निकै पहिले देखिकाे हाे । आज त्यस्तै निरङ्कुस सासुकाे कुरा गर्दैछु ।

उहिले उहिलेकाे कुरा हाे । (अहिले पनि हाेला है ।) भाले बास्नु भन्दा अगाडी नै बिहान सबेरै उठेर बुहारीले घर लिप्ने-पाेत्ने गर्नु पर्थ्याे । बुहारीले राम्राेसँग लिप-पाेत गर्छिन् कि गर्दिनन् भनेर जाँच्न सासुले घरकाे कुना काप्चामा सियाे लुकाएर राख्ने गर्थिन् । बुहारीले घर लिप्दा सियाेले घाेचेर “आत्थाsss” भनेर कराइन् भने कुना कुनासम्म नि राम्ररी नै लिपेकाे कुरा सासुले बुझ्थिन् ।

संस्कार