हाम्रो हजुरबुबाको पुस्ता – यसपालि पानी परेन, खेती राम्रो होला जस्तो छैन । अनिकाल पो लाग्छ कि क्या हो ।
हाम्रो बुबाको पुस्ता – छोराछोरीलाई राम्रो स्कुलमा पढाउनु पर्ने, सानो भए नि एउटा घर बनाउनु पर्ने । सकिन्न कि क्या हो ।
हाम्रो पुस्ता – जति पढे पनि केही भएन । करियर बनाउनुपर्ने । एउटा गाडी पनि नकिनी जाबो यो थोत्रो बाइकमै जिन्दगी जान्छ कि क्या हो।
अर्को पुस्ता – बल्ल बल्ल त्यत्रो फलोअर भएको थियो । सरकारले टिकटक बन्द गरिदियो । मेरा फलोअरहरूले मलाई कती मिस गरिरहेका होलान्?
