आज घरको ढलाई गर्ने दिन – फोटो कथा

4 years ago
गफाडी गाइड

औसत नेपालीहरूको खासै ठूलो महत्वकांक्षा हुँदैन । काम गरेर खान पाइयोस्, बालबच्चाहरूलाई जस्तो भएनि टाई लाउने बोर्डिङ स्कुलमा पढाउन पाइयोस्, हप्ता वा महिना दिनमा एक छाक मासुभात खान पाइयोस्, अनि ओत लाग्न एउटा सानो सानो भएनि आफ्नै घर होस् । धेरै नेपालीहरूको ठूलो सपना भनेकै जिन्दगीभरको कमाइले एउटा घर बनाउन पाइयोस् भन्ने हुन्छ । जिन्दगीभरको कमाइले नपुगेर धेरैले ऋण गरेर पनि घर बनाउने आँट गर्छन् ।

यति दुःख गरेर बनाउन थालेको घरको पहिलो ढलाइ गरेको दिन चाँजोपाँजो मिलाउन घरधनीलाई एकातिर तनाब हुन्छ भने अर्को तिर घर बिस्तारै ठडिन लागेकोमा एउटा बेग्लै किसिमको आनन्दको सञ्चार पनि सँगै हुनेगर्छ । घरधनीलाई मात्रै हैन घर ढलाइ गर्ने मजदुरहरूले पनि यस दिनलाई उत्सवकै रूपमा लिने गर्छन् । समुहमा काम गर्दै एकअर्कासँग हार्दिकता साँटासाँट गर्छन् । ढलाइ सकेपछि खाजा खाँदा पिक्निक कै जस्तो माहोल तयार हुन्छ ।

घरधनीले ठेकेदारलाई बुझाउने एकमुस्ठ शुल्क बाहेक पनि कहिलेकाहिँ अरू थप खर्च ढलाइको दिन हुनेगर्छ । विशेषगरी सिमेन्ट, बालुवा र गिटी बोक्ने मजदुरहरूले घरधनीबाट केहि ‘टिप्स’को अपेक्षा गरिरहेका हुन्छन् । ऋणमा चुर्लुम्मै डुबेको अवस्था भएतापनि कति घरधनीले पैसा, रक्सी र खाजाको रूपमा उक्त टिप्स भुक्तान गर्न हिच्किचाउँदैनन् । आउनुस्, जीवनको यो रंगलाई केहि तस्वीरहरूमा हेरौँ ।

रड बिछ्याउने काम ढलान गर्नुअघि नै सकिसक्नु पर्ने हो । तर ढलान गर्ने दिनमा पनि केहि छुटमुट कामहरू चलिरहन्छ ।
रड बिछ्याउने काम ढलान गर्नुअघि नै सकिसक्नु पर्ने हो । तर ढलान गर्ने दिनमा पनि केहि छुटमुट कामहरू चलिरहन्छ ।
महिला मजदुर नहुँदो हो त पुरुषले मात्रै कसरी रथ चलाउँदा हुन्?
महिला मजदुर नहुँदो हो त पुरुषले मात्रै कसरी रथ चलाउँदा हुन्?
ढलाइमा सबै मजदुरहरूको आआफ्नो विभागहरू हुन्छन् । ढलाइ अवधिभर सबैले आ-आफ्नै विभागको मात्रै काम गरिरहेका हुन्छन् ।
ढलाइमा सबै मजदुरहरूको आआफ्नो विभागहरू हुन्छन् । ढलाइ अवधिभर सबैले आ-आफ्नै विभागको मात्रै काम गरिरहेका हुन्छन् ।
सिमेन्ट विभाग
सिमेन्ट विभाग
गिटी विभाग
गिटी विभाग

मसला विभाग
मसला विभाग
मसला बनाउने मेसिनको प्रयोगले मजदुहरूलाई नि धेरै राहत मिलेकोछ ।
मसला बनाउने मेसिनको प्रयोगले मजदुहरूलाई नि धेरै राहत मिलेकोछ ।
ठेकेदार नि आउँछन् बिच्च बिच्चमा
ठेकेदार नि आउँछन् बिच्च बिच्चमा
जीवनभरको कमाइले एउटा घर बनाउनेलाई थाह हुन्छ ढलाइ गर्ने दिनको खुसि अनि तनाब मिश्रित घरधनीको अनुभव ।
जीवनभरको कमाइले एउटा घर बनाउनेलाई थाह हुन्छ ढलाइ गर्ने दिनको खुसि अनि तनाब मिश्रित घरधनीको अनुभव ।
Photo Story