भगिरथ प्रयास

4 years ago
गफाडी गाइड

कुरो SLC सकेर +2 सुरु गरिसक्दाको हुनुपर्छ । केही नयाँ गरुँ भन्ने “जुनुन” उहिले देखिकै हो । एक दिन नयाँ तरिकाले चिया पकाउँछु भनेर ग्याँसमाथि कराई बसालेँ, अनि कराईमा चिया मजाले भुटेर झ्वाईँञँ पानी हालेँ । चियाको स्वादमा के फरक आयो, त्यति ख्याल भएन । तर नयाँ तरिकाले चिया पकाएकोमा गर्व नै महसुस भएको हुँदो हो त्यतिखेर ।

समय, परिस्थिति एवं नियतिले आज त्यहि चियाको “वस्तुगत” विकास सम्बन्धि काम हेर्ने एउटा कार्यालयको नेतृत्व गर्न आइपुगेको छु । केही नयाँ गरुँ भन्ने “जुनुन” अझै मरेको छैन । तर कराईमा चिया भुट्ने जस्तो प्रक्रियागत कस्मेटिक परिवर्तनले केही हुन्न भन्ने कुरामा म सजग छु । आम नेपाली चिया उद्योग, मजदुर र किसानको जीवनमा सकारात्मक काम गर्न सके मात्रै मैले गरेको कामले सार्थकता पाउनेछ । व्यक्तिगत, कार्यालयगत र क्षेत्रगत समस्याहरू थुप्रै छन् । तर ती सबै चुनौतीहरूको सामना गर्दै मेरो बुद्धि अनि बर्कतले भ्याएसम्म यस क्षेत्रको उज्ज्वल भविष्यका लागि एउटा ईँटा मात्रै भएनी थप गर्न भगिरथ प्रयास गरिरहन प्रतिवद्ध छु ।

मेरो यो ब्लग व्यक्तिगत नै भएता पनि चिया तथा कफी क्षेत्र सम्बन्धि समसामयिक कुराहरू लेखिरहनेछु । कतिपय समस्याहरू कतै लेखिँदा नि समाधान हुन्छ भन्ने मलाइ आसा छ ।

चिया