नेपाल चिया विकास निगम अन्तर्गत कन्याम चिया कमान जस्ता सरकारी बगानहरू स्थापना गर्दै साना किसान स्तरमा पनि चिया खेती विस्तार गर्न तारानाथ शर्मा लगायतका अग्रजहरूको भुमिका नेपाली चियाको ईतिहासमा अहं रहेकोछ । उहाँहरूले कुनै जमानामा आफ्नो अमुल्य जीवन नै चियामा “लगानी” गर्नु भयो, र त हाम्रो पुस्ताले आज “ब्याज” खान पायो भन्ने मलाई लाग्छ ।
उहाँ सेवानिवृत्त भएको पनि दुई दसक हुनलागिसकेछ । तर चियासँगको उहाँको प्रेम भने अझै तन्नेरी पाएँ मैले। अङ्ग्रेजीमा एउटा भनाइ छ – Once a soldier, Always a soldier. उहाँलाई देखेपछि यो भनाइ चियामा नि लागू हुन्छ कि जस्तो लाग्यो । Once in Tea, Always in Tea.
