गाह्रो छ दसैँमा, गाडी नहुने ‘गरिव’लाई

3 years ago
गफाडी गाइड

मामाघर मलेखु, ससुराली चितवन । दसैँको टीका लाउन सबैतिर भ्याउनै पर्ने । मलेखुसम्म त भान्टाङभुन्टुङ लिएर जसोतसो बसमा आइयो । त्यहाँबाट चितवन जाने गाडी रोक्न ३ घण्टा कुर्दा पनि असफल भएपछि मैले मेरी बुढीलाई अगाडि सारेँ । छोरी मान्छेलाई देखेर कसैले रोकिहाल्छन् कि भनेर खुराफाती आइडिया लगा’को नि।

आधी घण्टापछि एउटा बोलेरो रोक्यो पनि । उनलाई मात्रै देख्दा नारायणगढसम्म ‘लगिदिन’ तयार भएको म परैबाट सुन्दै थिएँ । भान्टाङभुन्टुङ सहित जब म पनि गाडी चढ्न रोडमा आएँ तब गुरुजी ‘गाडी बनाउनुपर्ने छ, धेरै बेर कुर्न सक्नु हुन्न होला’ भन्दै हामीलाई नलिई बत्तिए । चाडवाडमा यात्रा गर्न गाह्राे छ हामी जस्तो गरिवलाई नि ।

दसैँ यात्रा बच्चा