“भाइ, तिमी कृषि सम्बन्धी तालिम दिँदै हिड्छौ । तिमी आफै कुनै कृषि उद्यम किन सुरु गर्दैनौ?” एकजना साह्रै हितैसी दाजुले सल्लाह दिनुभयो ।
मैले पृष्ठभूमि बाँध्दै भनेँ, “दाजु, रामपुर पढ्दा हाम्रो एकजना साह्रै रमाइलो साथी थियो । केटी पट्याउन सल्लाह दिने ऊ हामी सबैको लभगुरु थियो । तर लभ पार्न सल्लाह दिने काममा खप्पिस त्यो साथी आफु चैँ सिङ्गल नै थियो ।”
“भन्न के खोजेको भाइ तिमीले?” दाजुले सोध्नुभयो ।
मैले हास्दै जवाफ दिएँ, “दाजु,… जसरी केटी पट्याउने सल्लाह दिन जति सजिलो हुन्छ, तर लभ पार्न त्यति नै गाह्रो हुन्छ, … हो … त्यसरी नै खेती गर्ने सल्लाह दिन जति सजिलो छ, आफै खेती गर्न भने साह्रै गाह्रो छ नि त दाजु !”
दाजु झण्डै फेन्ट हुनुभयो ।
