रिजल्ट

Terminal examको result आएको हुन्छ । अभिभावक भई टोपलेकाहरु आ-आफ्ना बच्चाहरूको performance हेर्दै हुन्छन् । राम्रो नतिजा ल्याएकाले स्यावासी पाइरहेका हुन्छन् । एकातिर ‘next time further’ राम्रो गरे नयाँ घडि ल्याइदिने आश्वाशन थापिरहेका हुन्छन् भने अर्को तिर ‘poor’ result ल्याउनेका अभिभावकहरू आफ्ना बच्चालाई गालीको माला लगाईदिई रहेका हुन्छन् । त्यतिकैमा यस्तो संवाद सुनिन्छ –
“तपाईँको छोरा त first भएछ नि । कति percent ल्याएछ?”
उत्तर आउँछ-
“अँ! ल्याएछ 96 percent । अनि तपाईँको बाबुले चैँ कस्तो गरेछ नि ?”
उनी ठूलै युद्ध हारेको जस्तो भावमा भन्छन्,
“हेर्नुस् न ! यस्पाली त भुसुक्कै बिगारेछ नि बजियाले । अब होस्टल नराख्दि’ भएन । जम्मा 92 percent ल्याएछ…।”

रिजल्ट