छोरीलाई पराइ घर पठाउनु अघि आमाले उनलाई लोग्नेको घरमा के के गर्नु, के के नगर्नु भनेर ‘शिक्षा’ दिने चलन थियो । आजका छोरी/बुहारीहरूलाई त्यस्ता अर्तीहरू पुरै असान्दर्भिक लाग्न सक्ला तर अलि रोचक भएकोले आमाकै शब्दमा एउटा अर्ती पोस्ट गर्दैछु ।
“छोरी, सासुले तिमीलाई हरेक दिन खाना पकाउनका लागि केही माना चामल अड्कलेर दिनेछिन् । त्यति नै चामलले तिमीले परिवारका सबैलाई पुर्याउनु पर्नेछ । प्रत्येक दिन सासुले थाह नपाउने गरि एक मुठी चामल झिकेर लुकाउनु । पाहुना आउँदा अथवा अप्ठेरो पर्दा त्यही एक-एक मुठी लुकाएको चामल काम आउनेछ ।”
