पुल्चोके र रामपुरेको गफ

4 years ago
गफाडी गाइड

स्कुलमा सँगै पढेका पुल्चोके र रामपुरेको धेरै पछि एक दिन भेट भएछ ।

दुःखसुखका कुरा सकिएपछि पुल्चोकेले रामपुरेलाई सोधेछ, “तिमी त किसानलाई व्यवसायिक बनाउन चिया कफी खेतीको तालिम दिँदै हिड्छौ । आफै कृषि व्यवसाय किन सुरु गर्दैनौ?”

कुरो सहि थियो ।

रामपुरेले एकछिन सोचेर भनेछ, “तालिममा गफ दिए जस्तो काम गर्न सजिलो कहाँ हुन्छ र साथी”

आफू तल परेजस्तो फिल भएपछि रामपुरेले पुल्चोकेलाई सोधेछ, “तिमी पनि डिजाइन र नक्सा त खत्रा बनाउँदा र’छौ । डिजाइन अनुसार आफै निर्माण किन गर्दैनौ?”

पुलचोकेले नि एकछिन सोचेर जवाफ दिएछ, “कापीमा बनाउन जस्तो साँच्चिकै बनाउन कहाँ सजिलो हुन्छ र साथी”

यति सुनेर रामपुरेलाई सञ्चो लागेछ ।

पुराना साथीहरू भेट भए प्राविधिक शिक्षा