करिब दुई महिनाको तलब छोराछोरीको नयाँ कक्षा भर्नामा खर्च भएर उत्तानो परिसकेको बेलामा उनले भनिन्,
“माया, २ वर्षअघि तिमीले गाडीको लाइसेन्स निकालेको पनि केहि काम लागेन । कहिले किन्ने हो हामीले गाडी?”
अनि म भन्छु,
“माया, जाबो एउटै गाडी मात्रै के किनिरहनु? हामी त फेरी फेरी गाडी चढ्नुपर्छ ।”
त्यति भनेर मोबाइलमा inDrive खोलेर ट्याक्सी बोलाएँ ।
