अन्तर्घात

4 years ago
गफाडी गाइड

एउटा दुलोमा कमिलाहरूको बस्ती थियो । अक्सर मिहिनेती हुने कमिलाको जातीमा अपवादको रूपमा एउटा ईर्श्यालु र झगडालु कमिलो पनि थियो । हिउँदको लागि अरू कमिलाहरूले ज्यानको बाजी लाएर संकलन गरेको अन्नभण्डारमा आफूले मात्रै मोज गर्न पाए कस्तो हुँदो हो भनेर सोचिरहन्थ्यो । एक दिन उसको दिमागमा खुराफाती आइडिया आयो । दुलोका सबै कमिलाहरूको सफाया भयो भने त्यो अन्नभण्डार ऊ एक्लैको हुन्छ भन्ने ठानेर दूलो नजिकै बस्ने गोब्रेकिराहरूसँग एउटा प्रस्ताव राख्यो । आफू र अन्नभण्डारलाई केहि नगर्ने शर्तमा बस्तीका अरू कमिलाहरूलाई आहार बनाउन दुलोको भित्रीढोका खोलिदिने प्रस्ताव गोब्रेकिराहरूलाई पनि मन पर्‍यो ।

यसरी षडयन्त्रपुर्वक ढंगले कमिलाहरूको बस्ती सखाप भयो । त्यत्रो अन्नभण्डार अब त्यो ईर्श्यालु कमिला एक्लैको भयो । तर कमिलाको त्यो सानो पेटमा कति नै पो अन्न अट्थ्यो र ! दुईतीन दिन छादुन्जेल खाँदा पनि भण्डारको अन्न एकछेउ पनि सकिएन । अरू बेलामा जस्तै झगडा गरिरहने “साथी” पनि नभेटेपछि कमिलालाई फ्रर्स्ट्रेशन भयो, अनि गोब्रेकिराहरूको अगाडी गएर भन्यो, “दाजु, अब मलाई पनि खानुस् ।”

कथा लघुकथा