तत्वज्ञान

3 years ago
गफाडी गाइड

मनुष्यक‍ो सबैभन्दा ठूलो गुरु प्रकृति नै हो । प्रकृतिका हरेक संरचनाहरूसँग ज्ञान लिन सकिन्छ । आज बादलबाट यस्तो ज्ञान पाएर “दिक्षित” भइयो:-

यस ब्राह्मणका सम्पुर्ण भौतिक वस्तुहरू पाँचवटा तत्वले बनेका हुन्छन् । पृथ्वी (dust or soil), वायु (air), जल (water), अग्नि (fire) र आकास (space) । बादल पनि एउटा यस्तो वस्तु हो जुन यी पाँचवटै तत्वले बनेको हुन्छ – धुलोको कण, हावा, पानी, चट्याङ र आकाश ।

बादल जस्तै मनुष्यको यो भौतिक शरीर पनि यी पाँचवटै तत्वले बनेको हुन्छ- हाडछाला (पृथ्वी), अक्सिजन र अन्य ग्यासहरू (वायु), रगत (जल), तापक्रम (अग्नि) र vacuoles (आकाश)। जसरी बादलको यात्रा समुन्द्रबाट सुरु भई आकाश, पहाड र नदि हुँदै प्रकृतिको समुद्रमै पुनः फर्किन्छ, त्यसैगरि मनुष्य पनि जन्मे पछि बालक, वयस्क, वृद्ध हुँदै मृत्यु पछि पुनः यहि प्रकृतिको गर्भमा नै विलिन हुन्छ ।

प्रकृति