छोराछोरीको रंग
उनको चिन्ता र मेरो चिन्ता
1 year ago
उनी छोराले खाना नखाएर चिन्ता लिन्छिन्, म छोराले खाने बेलामा मोबाइल माग्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले होमवर्क नगरेर चिन्ता लिन्छिन्, म छोराले घरको काम नसिक्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले धेरै बकबक गरेकाले चिन्ता लिन्छिन्, म छोराले आफुभन्दा ठूलाले भनेको नसुन्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले जवाफ फर्काएकोले चिन्ता लिन्छिन्, म छोराले आगन्तुकलाई अभिवादन नगर्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले जंकफुड माग्ला कि भनेर चिन्ता लिन्छिन्, म छोरोले चाउचाउको खोल डस्टबिनमा नहाल्ला कि भनेर चिन्ता लिन्छु । उनी छोराले कोठामा… पुरा पढ्नुहोस्
गम्भीर रंग
बेलुन
1 year ago
केटाकेटीहरू खेल्दै थिए । दुवैजनालाई एउटा एउटा बेलुन किनिदिएकी थिइन् उनीले । खेल्दा खेल्दै बाबुको बेलुन फुट्यो । आफ्नो बेलुन फुटेपछि सानी बहिनीको बेलुनमा उसको आँखा पर्यो । माग्यो । तर बहिनी पनि के कम? दिइनन् । केटो झन् जब्बर । खोस्न थाल्यो । एकैछिनमा त्यो सानो बेलुनकाण्डले महाभारतको रुप लिने सम्भावना देखायो । यसो सोचेँ । जाबो बेलुन नै त हो । केही क्षण खेलेपछि कि त फुट्छ, कि त हावा फुस्किन्छ । यती सानो चिजप्रति यस्तो मोह किन… पुरा पढ्नुहोस्
चिया कफीको रंग
२८औँ राष्ट्रिय चिया दिवस चियाका कुरा
1 year ago
सन् २०१९को नोभेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले मे २१ तारिखलाई अन्तर्राष्ट्रिय चिया दिवसको रुपमा मनाउने प्रस्ताव पारित गर्दै गर्दा नेपालले बैशाख १५ गतेलाई राष्ट्रिय चिया दिवसको रुपमा मनाउन थालेको दुई दसक नाघिसकेको थियो । चिया कृषक, बगान, उद्योग, व्यवसायी, चिया पारखी र चियालाई माया गर्ने सबै नेपालीहरूको राष्ट्रिय पर्वको रूपमा आज २८औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ । यस वर्ष “संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण – नेपाली चियाको दिगो बजारीकरण ।” भन्ने नारा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले… पुरा पढ्नुहोस्
रमाइलो रंग
गाडी फेरी फेरी चढ्ने उपाय
1 year ago
करिब दुई महिनाको तलब छोराछोरीको नयाँ कक्षा भर्नामा खर्च भएर उत्तानो परिसकेको बेलामा उनले भनिन्, “माया, २ वर्षअघि तिमीले गाडीको लाइसेन्स निकालेको पनि केहि काम लागेन । कहिले किन्ने हो हामीले गाडी?”अनि म भन्छु, “माया, जाबो एउटै गाडी मात्रै के किनिरहनु? हामी त फेरी फेरी गाडी चढ्नुपर्छ ।”त्यति भनेर मोबाइलमा पुरा पढ्नुहोस्
पुरानो रंग
निर्णायक सातौँ सत्रान्त
3 years ago
प्लुस टु सकिएपछि जिन्दगीको नयाँ संक्रमणकाल सुरु भएको थियो । साइन्स फ्याकल्टीका मजस्तालाई उच्च शिक्षा अध्ययनका लागि अनगिन्ती रोजाइहरू हुन्थे, अहिले पनि छन् । धेरैको पहिलो रोजाई MBBS वा Engineering नै हुन्छ । आमाको चाहना पनि छोराले सेतो कोट लगाएर स्थेतेस्कोप भिरेको हेर्ने नै थियो । तर धेरै रोजाइ हुने चिजमा मेरो चैँ खासै मन नजाने । त्यसैले मेरा समकालीन सबै साथीहरू NAME तिर MBBS को तयारी कक्षाहरू लिइरहँदा म चाहिँ घरमै ‘भ्याकेसन’ मनाइरहेको थिएँ । उच्च शिक्षा अध्ययन गर्न… पुरा पढ्नुहोस्
ग्रीक मिथहरू
प्रह्लाद र मन्थराको शिर
1 year ago
मन्थराको शिर लिएर सेरिफस फर्किने क्रममा लिबियामा आइपुग्दा प्रह्लादले बोकेको झोलाबाट मन्थराको रगत तप्प तप्प भुइँमा चुहियो । रगतको प्रत्येक थोपाबाट सर्पहरू उत्पन्न भई लिबिया र आसपासका क्षेत्रमा फैलिँदा लिबिया र अफ्रिकाभरी आजसम्म पनि सर्पहरू छ्यास्छ्यास्ती भेटिन्छन् । साँझपख प्रह्लाद अफ्रिकाको उत्तरपश्चिमी भागमा आइपुगे जहाँ एकलव्यले सजाय कटाइरहेका थिए । ती एकलव्य तिनै हुन् जसलाई देवेन्द्रले टाइटनहरू बिरूद्धको युद्ध जितेपछि अनन्तकालसम्म ब्रह्माण्ड बोकेर बस्ने सजाय सुनाएका थिए । साँझ परेकाले प्रह्लादले एकलव्यसँग एक रातका लागि बास मागे । तर आफै… पुरा पढ्नुहोस्
